१४ जेष्ठ २०८१, सोमवार
१४ जेष्ठ २०८१, सोमवार

विश्वकपमा आजबाट समूह चरणअन्तर्गतको अन्तिम खेलहरू सुरू हुँदै

काठमाडौं ।
फिफा विश्वकपमा आज (मंगलबार) बाट समूह चरणअन्तर्गतको अन्तिम खेलहरू सुरू हुँदै छ्न् ।

समूह चरणको तेस्रो चरणका खेलहरूमा आज समूह ‘ए’ र ‘बी’ का समान दुई खेल गरी चार खेलहरू हुँदैछन् । आजबाट हरेक समूहका दुई खेल एकै समयमा हुनेछ ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुने खेलमा समूह ‘ए’ को इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ ।
सोही समयमा अर्कोतर्फ अल बायत रंगशालामा आयोजक कतार र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

राति १२ः४५ बजेदेखि समूह ’बी’ का इरान र अमेरिकाले अल थुमामामा रंगशालामा खेल्दा अर्कोतर्फ अहमेद बिन अली रंगशालामा वेल्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार