२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल आइतबार स्कटल्याण्डसँग पराजित भएको छ ।
विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा नेपालले दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्याण्डले ३२।१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
लो स्कोरिङ खेलमा दुवै टोलीले ब्याटिङमा संघर्ष गरेका थिए । नेपालले थोरै रन बनाए पनि उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डको ७ विकेट लिन सफल भएको थियो ।
यस जितपछि ३० खेलबाट ४४ अंक जोड्दै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लेको छ भने शीर्ष तीनमा रहँदै अर्को वर्ष हुने ओडीआई विश्वकपको ग्लोबल क्वालिफायरमा पनि लगभग स्थान पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार