पहिलो हाफमा क्रोएसियाविरुद्ध जापान १–० ले अगाडि
कतारमा जारी फिफा विश्वकपको अन्तिम–१६ को खेलमा सोमबार जापानले पहिलो हाफमा साविक उपविजेता क्रोएसियाविरुद्ध १–० को अग्रता बनाएको छ ।
कतारको अल जनौब रंगशालामा जारी खेलको ४४ औँ मिनेटमा डाइजेन माईडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन् । जारी खेलको पहिलो २० मिनेटमा क्रोएसियाले जापानलाई दबाबमा राखेपनि त्यसपछि भने जापानले क्रोएसियाको पोस्टमा आक्रमण बढाएको थियो ।
विश्वकपको इतिहासमा जापानले हालसम्म क्वार्टरफाइनलमा स्थान बनाउन सकेको छैन ।
जापान समूह ‘ई’ को विजेताको रूपमा अन्तिम–१६ मा आएको हो । यता, क्रोएसिया समूह ‘एफ’ को उपविजेताको रूपमा अन्तिम–१६ मा आएको हो ।