११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार

कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनल, कस्ले मार्ला बाजी ?

कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको पलिो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ ।
अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा पक्का गरेका थिए।

सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको र तीन पटक फाइनलमा पुगेको अर्जेन्टिनाको समना अहिलेसम्म विश्वकपको उपाधि नजितेको क्रोएसियाले गर्दैछ । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । रोचक हुने अनुमान गरिएको यि दुई देशको प्रतिस्प्रधामा विश्वका धेरै फुटवलप्रेमिहरुको ध्यान खिचीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार