काठमाडौं ।
कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा आइतबार अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् ।
दोहास्थित लुसेल मैदानमा दुवैको लक्ष्य एक छ । फ्रान्स र अर्जेन्टिना तीनपटक विश्व च्याम्पिय हुन चाहन्छन् । सेमिफाइनलमा साबिक विजेता फ्रान्सले मोरक्कोलाई पराजित गरेको थियो ।
अर्जेन्टिनाले क्रोएसियालाई पाखा लगाउँदै अन्तिम दुईको स्थान पक्का गरेको थियो । फ्रान्स समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछ ।
२० नोभेम्बरबाट सुरु भएको प्रतियोगितामा ३२ टोलीले उपाधिमाथि दाबेदारी दिएका थिए ।
तर, अन्तिममा फ्रान्स र अर्जेन्टिना मात्र ट्रफी जित्ने संघारमा पुगेका छन् । आइतबारको ६४औँ खेलको फाइनल ‘ह्विसेल’ बज्दा चार वर्षको पर्खाइ समाप्त हुनेछ ।