२३ मंसिर २०८१, आइतवार
२३ मंसिर २०८१, आइतवार

विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु आजदेखि

फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरु आजदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया विच नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा खेल सुरु हुनेछ।
ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराउदा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो । ब्राजिल पाँच पटकको विश्वकप विजेता टोली हो भने क्रोएसिया सन् २०१८ को उपविजेता हो ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् । अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले तथा नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा पुगेका हुन ।
अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार