ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा

काठमाण्डाै – पाँच पटक बिश्वकप  विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । कतारकाे एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा क्राेएसियाले ब्राजिललाई ५–३ गाेलले हरायाे ।

यसअघि निर्धारित ९० मिनेटमा गाेल हुन नसकेपछि ३० मिनेट थपिएकाे थियाे । थपिएकाे समयमा ब्राजिलका लागि नेयमारले गाेल गरे । त्यसको केही मिनेटमा क्राेएसियाका लागि ब्रुनाे पेटकाेभिकले गाेल गर्दै खेल एक–एककाे बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेकाे हाे ।

ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपकाे उपाधि बिजेता रास्ट्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार