३१ असार २०८१, सोमवार
३१ असार २०८१, सोमवार

विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमै दुई गोल

कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध दोब्बर अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि दोस्रो गोल डि मारियाले गर्दै २–० को अग्रता दिलाएका छन् ।

खेलको २३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्दै फ्रान्सविरुद्ध १–० गोलको अग्रता बनाएको थियो । कतारको लुजेल रंगशालामा खेलको २१औँ मिनेटमा डि मारियालाई फ्रान्सका डेम्बेलेले डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।

खेलको ३६औँ मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

सम्बन्धित न्यूज

ट्रेन्डिङ्ग

ताजा समाचार