नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।आज भएको संसदिय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा थापाले आफ्नै गुटका सांसदको मत पनि नपाएका हुन ।
संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर उनले २८ प्रतिशत हाराहारि मत पाउँदा शेर बहादुर देउवाले लगभग ७२ प्रतिशत मत प्राप्त गर्दै विजयी बनेका छन् ।
सामाजिक संजालहरुमा अधिकांस युवाहरुले गगनका पक्षमा समर्थन जनाए पनि थापाको कांग्रेस नेतृत्व प्रतिको विश्वास जित्न अझै कसरत गर्नुपर्ने कतिपयले विष्लेसण गरिरहदा कतिपयले भने गुटको असर भएको र यसले पाटिलाई दिर्घकालिन हित नहुने बताउने गरेका छन् ।